१ करोड ४६ लाख भन्दा बढीको  अवैध समानसहित ट्रक प्रहरीको नियन्त्रणमा



काठमाडौँ। 

बारा प्रहरीले १ करोड ४६ लाख ७९ हजार बराबरको अवैध समानसहित ट्रक  नियन्त्रणमा लिएको छ।
विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय  मातहत इलाका प्रहरी कार्यालय अमलेखगंजबाट खटिएको प्रहरी टोलीले  जीतपुरसिमरा उप-महानगरपालिका वडा नं.२१ अमलेखगंजमा ट्रकहरूलाई रोकी चेक जाँच गर्दा बिल भरपाई भन्दा बढि समानको स्रोत खुलाउन नसकेको अन्दाजी १ करोड ४६ लाख ७९ हजार ७ सय ६८ रुपैयाँ  बराबरको  सामानसहित ट्रकमा ट्रक नियन्त्रणमा लिएको हो।

जिल्ला प्रहरी कार्यालय बाराले आइतबार  वीरगंजबाट हेटौडा तर्फ जादै गरेको ना ५ ख ७९२७ नम्बरको ट्रकमा लोड गरेको लेडिज सुट, धागो, जारी दाना, प्रिन्ट कपडा, माला लकेट, मेटल धुरा र अन्य खुद्र समानहरू गरी अं.मूल्य ६६,९०,४२९/- रूपैया बराबरको समान  र वीरगंजबाट काठमाण्डौ तर्फ जादै गरेको ना ८ ख २७१९ नम्बरको ट्रकमा लोड गरेको मोबिल, वेडसिट कपडा, स्टेशनरी, मोटर पार्टस, वेकरी आईटम र अन्य खुद्र समानहरू गरी ७९,८९,३३९/- रूपैया बराबरको सामान बरामद गरेको हो

नियन्त्रित ट्रकहरुलाई  आवश्यक कारबाहीको लागी राजश्व अनुसन्धान कार्यालय पथलैया पठाईएको बारा प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्