जापानकी विदेशमन्त्री योको आज नेपाल आउँदै



काठमाडौं ।

जापानकी विदेशमन्त्री कामिकावा योको एक दिने भ्रमणका लागि आज नेपाल आउँदै छिन् । उनी उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठको निमन्त्रणामा नेपाल भ्रमणमा आउन लागेकी हुन्।

भ्रमणका क्रममा विदेशमन्त्री योकोले राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग बेग्लाबेग्लै शिष्टाचार भेट गर्ने कार्यक्रम छ।

उनले उपप्रधान तथा परराष्ट्रमन्त्री श्रेष्ठसँग द्विपक्षीय हित र चासोका विविध विषयमा विचारविमर्श गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।

जापानको परराष्ट्रमन्त्री नियुक्त भएपछि उनको यो पहिलो नेपाल भ्रमण हो । जापानकी विदेशमन्त्री योको आजै स्वदेश फर्कने कार्यक्रम रहेको छ।

प्रतिक्रिया दिनुहोस्