यस्तो छ तपाईंको आजको राशिफल



मेष : दैनिकी राम्रो छ । नयाँ साथीसँगको भेटले मन खुशी हुनेछ। शिक्षामा सफलता, स्वास्थ्यमा लाभ हुनेछ। सामाजिक र राजनीतिक क्षेत्रमा ठगबाट जोगिनुपर्नेछ। परिवारको सहयोग मिल्नेछ।

वृष : दिन राम्रो छ। आर्थिक क्षेत्र सबल देखिन्छ। राजनीतिक क्षेत्रको लगानीले साथ दिनेछ । साथीको हुटहुटीले गर्दा पश्चिमको यात्रा नगर्नु राम्रो हुन्छ। व्यापार नछोड्नु राम्रो हुन्छ। परिवारबाट खुशी मिल्नेछ।

मिथुन : दिन सामान्य छ । डर र त्रास देखाएर फाइदा लिनेहरु सक्रिय छन् । समस्यामा सहयोग गर्ने हुने छैनन् । आफ्ना योजना नसुनाउनु राम्रो हुन्छ । गुरुको साथ र सहयोग रहनेछ ।

कर्कट : दिन राम्रो छ । मनोकामना पूरा हुनेछ। मन खुशी हुनेछ। सामाजिक क्षेत्रमा प्रशंसा हुनेछ। राजनीतिमा सेवा गर्ने मौका मिल्नेछ। परिवारको साथ रहनेछ । वैदेशिक क्षेत्रमा ठगले सताउने भएकाले सचेत बन्नु राम्रो हुन्छ ।

सिंह : दिन राम्रो छ। आफूले आफूलाई मर्यादित राख्नु राम्रो हुन्छ । लगानीको क्षेत्र सबल छ। प्रशंसा हुनेछ। रोगबाट मुक्त हुने योग छ। शिक्षामा सफलता मिल्नेछ। परिवारको साथ र सहयोग रहनेछ।

कन्या : दिन राम्रो छ। साथीले सहयोग गर्नेछन्। लगानी भए वैदेशिक क्षेत्रमा फाइदा हुनेछ। परिवारको मर्म बुझाबुझ नहुँदा खटपटी हुनेछ। सामाजिक क्षेत्रमा मान र सम्मान मिल्नेछ।

तुला : दिन राम्रो छ। प्रयास गरेको क्षेत्रमध्ये स्वास्थ्यमा लाभ हुनेछ। परिवारको साथ मिल्नेछ। शिक्षाको क्षेत्रमा कुरा काट्ने सक्रिय भएकाले सचेत हुनुपर्छ। सामाजिक क्षेत्रमा सेवा गर्ने मौका आएको छ।

वृश्चिक : समय राम्रो छ। चन्द्रमाले साथ दिएको छ। व्यापार र शेयरमा लगानी भए फाइदा हुनेछ। चुपचाप आक्रमण गर्ने मित्र सक्रिय छन्। गलत काम खोजीमा उनीहरु सक्रिय छन्। परिवारको साथ भने राम्रो छ।

धनु : दिन राम्रो छ। प्रतिस्पर्धीले नै साथ दिनेछन्। शिक्षामा गरेको श्रम लगानीबाट उत्साह मिल्नेछ। वैदेशिक लगानीबाट फाइदा हुनेछ। पारिवारिक क्षेत्रमा साथ र सहयोग रहनेछ । सामाजिक क्षेत्रमा भने विवाद हुनेछ ।

मकर : आजको दिन राम्रो छ । बोलीमा ख्याल नगर्दा आफन्तले चित्त दुखाउन सक्छन्। लगानीका क्षेत्रबाट फाइदा हुनेछ । लगानीको क्षेत्रमा लगानी गर्दा डराउनु पर्दैन। परिवारको साथ मिल्नेछ।

कुम्भ : दिन सामान्य छ। अचानक रोगको चपेटामा पर्न सकिन्छ। आफूले आफूलाई ख्याल गर्नुपर्ने दिन छ। सामाजिक काम गर्दा झुटा आरोप सुन्नुपर्ने हुनसक्छ। परिवारको साथ गुम्ने खतरा छ । वैदेशिक क्षेत्रको लगानीबाट भने सन्तोषजनक नतिजा मिल्नेछ।

मीन : दिन राम्रो छ । गुमेको धन मिल्नेछ । राम्रो ठाउँको भ्रमण हुनसक्छ । रमाइलो गर्न खोज्ने साथीले खर्च बढाउने भएकाले सचेत बन्नुपर्ने देखिन्छ । सामाजिक क्षेत्रमा सेवाको अवसर मिल्नेछ । परिवारको सहयोग मिल्नेछ।

प्रतिक्रिया दिनुहोस्