अष्टलक्ष्मी शाक्यले भनिन्- इलामा–२ मा के होला भनेर चिन्ता लिनुपर्ने स्थिति छैन



काठमाडौं ।

नेकपा एमालेकी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले इलाम–२ को उपनिर्वाचनमा एमालेले चुनाव जित्ने बताएकी छन्।

रामेछापको सुनपाति गाउँपालिका–१ गुन्सीमा एमाले वडा पार्टीको अधिवेशन उद्घाटन तथा कम्युनिस्ट पार्टीका सेल्टरदाताको सम्मान कार्यक्रमलाई शनिबार सम्बोधन गर्दै उपाध्यक्ष शाक्यले इलामाबाट सुहाङ नेम्वाङले चुनाव जित्ने दाबी गरेकी हुन्।

‘उहाँको जीत निश्चित छ, इलामा–२ मा के होला भनेर चिन्ता लिनुपर्ने स्थिति छैन, उहाँले जित्नु हुन्छ’, उनले भनिन्। सुहाङ सुवास नेम्वाङको छोरा मात्र नभएर एक बौद्धिक र शालीन युवा भएको शाक्यले बताइन्। पार्टीले भूगोलको मागलाई बुझेर सुझबुझका साथ सुहाङलाई उम्मेदवार बनाउने निर्णय गरेको शाक्यको भनाइ थियो।

कतिपय एमालेलाई बुढाहरूको पार्टी भन्ने आरोप लगाएका बताउँदै एमाले कस्ताको पार्टी हो भन्ने उदाहरण सुहाङलाई हेर्न उनले आग्रह गरिन्।

सुहाङको उम्मेदवारीले एमाले युवालाई पनि त्यतिकै सम्मान र अवसर दिने पार्टी भएको कुरा पुष्टि गरेको शाक्यले स्पष्ट पारिन्। इलामको निर्वाचनमा केन्द्रित भएर पार्टी लागेको बताउँदै शाक्यले त्यहाँ पार्टीले सहज विजय प्राप्त गर्ने बताइन्।

‘इलामबाट सुहाङ जितेर आउनु हुन्छ, उहाँ फस्ट बन्नु हुनुहुन्छ’, शाक्यले भनिन्।

प्रतिक्रिया दिनुहोस्