रसुवामा बन्यो हिउँकाे पिरामिड



रसुवा । 

रसुवा जिल्ला आमाछोदिङमो गाउँपालिका वडा नम्बर ३ गत्लाङ नजिकैको गोठेन खर्कमा नेपालमै पहिलो पटक स्थानीय  संस्था ल्याकोस रसुवासँग सहकार्य गरेर रिसोर्स हिमालयले परीक्षण स्वरूप मानव निर्मित हिउँ को पिरामिड बनाएको छ  ।

गत्लाङ गाउँबाट मोटर बाटोबाट करिब १३ किलोमिटरको दुरी तय गरेपछि मानव निर्मित हिउँको पिरामिड देख्न सकिन्छ  । काठमाडौँबाट गत्लाङ सम्म १ सय ५७ किलोमिटर रहेको छ । रिसोर्स हिमालयका अनुसन्धान कर्ता कमल अधिकारी पिरामिडको बारेमा भने जलवायु परिवर्तनका कारण हिमाली भेगमा असर परेको छ पानीको मुहान सुक्दै जाने अवस्था छ ।

यसरी पानी जम्मा गरी बनाएको बरफपछिका लागि प्रयोग गर्न सकिन्छ ताकि वन्यजन्तु र खर्कमा चर्ने जनावर र मानिसले नै खान मिल्ने र प्रयोग गर्न सकिन्छ । धेरै खर्च लाग्ने भन्ने चिन्ता पनि हुँदैन यो पिरामिड पर्यटकीय प्रडक्ट वनेको हो । यस्तो पिरामिड नेपालको अन्य ठाउँ हरूमा पनि अभ्यास गर्न सकिन्छ ।रिसोर्स हिमालयले पहिलो पटक परीक्षण स्वरूप हिउँको पिरामिड बनाइ सफल भएपछि स्थानीयहरू हर्षित भएका छन् ।

वडा अध्यक्ष सुरेन्द्र तामाङले जनावरीबाट बनाएको  हिउँको पिरामिड हेर्न आन्तरिक पर्यटकहरू आउने गरेको बताए  ।  तामाङ सांस्कृतिक सम्पदाका कारण यो पदमार्गलाई पर्यटकहरूले रुचाएका छन् । नेपालको पर्यटन बजारमा तामाङ पदमार्गको रुपमा चर्चा हुँदै गर्दा नयाँ ढङ्गबाट अघि बढाइने भएको हो ।

आमाछोदिङमो गाउँपालिकाको उप-प्रमुख चण्डिका तामाङ बताउछिन् भुईँचालोले गत्लाङको परम्परागत घर भत्काइदिएपछि अहिले नयाँ संरचना स्वरूप रँगिन चङगिन गाउँ भएको छ । गाउँपालिकाले पहिलेकै संरचना बनाउन लागिपरेको छ ।

तामाङ सम्पदा मार्गको पदयात्राका लागि ठुलो बस्तीको रूपमा रहेको गत्लाङ हो । यहाँ करिब ५ सय ५० घर दुरी रहेका छन् ।हामीले कालै छानामा रूपान्तरण गर्न बागमती प्रदेश सरकार लगायत अन्य सहयोगी सरोकारवालाहरूको समेत ध्यानाकर्षण गराएका छौ । चलेको पदमार्ग स्याफ्रुवेसि वजारवाट सुरु भई गत्लाङ,चिलिमे,तातोपानी,नागथलि,तरुचे भ्यु पोईन्ट थुमन,टिमुरे बृदिम,हुँदै स्याफु पुगेर सकिन्छ ।

यस क्षेत्रका प्रमुख आकर्षणहरू घलेदरवार,पार्वतिकुण्ड,ज्यार्सातेन्जोभ्यु पोईन्ट,लालिगुरास,चराचुरुङ्गी,सर्प आकृतिको गुफा,गत्लाङ को १ सय ८ मानेहरु रहेका छन् खानेकुरामा कालो मुसुरो,आलु र सिमि रहेको छ । भने अर्को महत्त्वपूर्ण भ्यु हिउँको पिरामिडले थप आकर्षणको रूपमा रौनकता छाएको स्थानीय संस्था ल्याकोसका अध्यक्ष सन्तोष घले ले बताएका छन्  । फागुन १९ गते रिसोर्स हिमालयका टिम,ल्याकोसका टिम,नागरिक समाजका अध्यक्ष,गाउँपालिकाको उपाध्यक्ष, वडा अध्यक्ष सञ्चारकर्मी,पत्रकार,स्थानीय समाजसेवी,सरोकारवालाहरूको टिम नै हिउँको पिरामिड अवलोकनका लागि त्यहाँ पुगेको थियो । यो पिरामिड अहिले परीक्षा गरिएको हो भने आगामी दिनमा वडा अध्यक्ष लगायत गाउँपालिका टिमले संरक्षण र प्रचार गर्नेछ ।

यस्तो किसिमको पर्यटकीय गन्तव्य हरूमा बनाइएको हिउँ को पिरामिडले साँचै नै पर्यटकीय ठाउँ हरूको विकासमा थप टेवा पुग्ने मा विश्वास लिएको र रिसोर्स हिमालय र ल्याकोस टिमलाई रसुवा नागरिक समाजका अध्यक्ष बावुलाल तामाङले धन्यवाद व्यक्त गरेका छन्  ।

प्रतिक्रिया दिनुहोस्