इलाममा भ्यान दुर्घटना, एक जनाको मृत्यु



इलाम ।

इलामको रोङ गाउँपालिका-४ बाघखोरस्थित मेची राजमार्ग आज भएको भ्यान दुर्घटनामा एक जनाको मृत्यु भएको छ।

झापाबाट इलामतर्फ गइरहेको मे १ ज ३२६३ नम्बरको मारुती भ्यान दुर्घटना हुँदा एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ। अन्दाजी २४/२५ का एक पुरुषको शव दुर्घटना स्थलमा फेला परेको डिएसपी प्रकाश जबेगूले जानकारी दिए।

भ्यानका चालक  र गाडीमा कति जना सवार थिए भन्नेबारे बुझ्ने कार्य भइरहेको उनले बताए। ‘घटनास्थलमा थप खोजतलास तथा बुझ्ने  कार्य भइरहेको छ,’ उनले भने, ‘थप अनुसन्धान तथा कानुनी प्रक्रियाका लागि पशुपतिनगरबाट इन्स्पेक्टर नेतृत्वमा सात जनाको टोली घटनास्थल गएको छ।’

प्रतिक्रिया दिनुहोस्