एमालेको नाराबाजीपछि संसद् बैठक स्थगित

210
Shares

काठमाडौं ।

नेकपा एमालेका सांसदहरूले नाराबाजी गरेपछि संसद् बैठक स्थगित भएको छ। सोमबार प्रतिनिधिसभा बैठक सुरु भए लगत्तै एमालेका सांसद गोकुल बाँस्कोटाले प्रतिपक्षी दलले बालकुमारीसहितका घटनाका विषयमा मागेको जवाफ सरकारले नदिएको भन्दै आपत्ति जनाएका थिए।

सभामुखबाट समेत रुलिङ भएको विषयमा प्रधानमन्त्रीले जवाफ नदिएको भन्दै एमालेसहित प्रतिपक्षी दल राप्रपा र रास्वपाले विरोध जनाएका थिए। तर, सभामुख देवराज घिमिरेले बैठक अघि बढाउन नखोजेपछि एमाले सांसदहरूले नाराबाजी गरे।

सभामुख घिमिरेले सोमबारको बैठक महत्त्वपूर्ण रहेकाले सहयोग गर्न आग्रह गरे। तर, ‘भ्रष्ट मन्त्री राजीनामा दे’जस्ता नारा लगाउँदै एमाले सांसद उठेर विरोध जनाइरहे। यसपछि सभामुख घिमिरेले सोमबार नै बस्ने गरी १५ मिनेटका लागि संसद् बैठक स्थगित गरेका हुन्।