एसपी थापा गण्डकी प्रदेशको उत्कृष्ट प्रहरी घोषित



काठमाडौं ।

जिल्ला प्रहरी कार्यालय, कास्कीका प्रहरी उपरीक्षक (एसपी) मोहनकुमार थापा गण्डकी प्रदेशको उत्कृष्ट प्रहरी घोषित भएका छन् । कास्कीका प्रमुख थापा प्रदेशको उत्कृष्ट प्रहरी घोषित भएका हुनु् ।

गण्डकी प्रदेश सरकार, कास्की पोखराले प्रदेश सरकारको छैटौं स्थापना दिवसको अवसरमा एसपी थापालाई उत्कृष्ट प्रहरी कर्मचारी घोषित गर्दै पुरस्कृत गरेको हो ।

सहकारी ठगीको अनुसन्धान, फरार प्रतिवादी पक्राउ, लागूऔषध नियन्त्रण तथा कास्की हुने अन्य अपराधका घटनाको अनुसन्धानमा महत्वपूर्ण भूमिका खेल शान्ति सुरक्षा कायम राखेको भन्दै पुरस्कृत गरिएको बताएको छ ।

एसपी थापाले ५ महिनादेखि कास्की प्रहरी प्रमुखको जिम्मेवारी सम्हालिरहेका छन् । उनी संगठनमा इमान्दार र कर्तव्यनिष्ठ प्रहरी अधिकृतको रुपमा चिनिन्छन् ।

प्रतिक्रिया दिनुहोस्