बरहथवा घटना: मृतक साहको शव तीन दिनदेखि सडकमै



काठमाडौं ।

सर्लाहीको बरहथवामा प्राथमिक स्वास्थ्य चौकी स्तरोन्नतिको विषयमा भएको प्रदर्शनका क्रममा मारिएका युवकको शव घटनास्थानमै रहेकाे छ  ।

बरहथवा नगरपालिका–६ का करिब २७ वर्षीय जयशंकर  साहको शुक्रबार दिउँसो प्रहरीको गोली लागेर घटनास्थलमै मृत्यु भएको थियो। उनी प्रहरीको गोलीले जहाँ ढलेका थिए, भण्डै ४० घण्टासम्म पनि उनको शव (सोही ठाउँ) घटनास्थलमै छ ।

सडकमा लडिरहेको उनको शवलाई सेतो कपडाले छोपेर राखिएको छ। आन्दोलनमा सहभागी नभएका साहलाई टाउकोमा गोली लाग्दा उनको घटनास्थलमै मृत्यु भएको थियो।

मृतकका आफन्त र आन्दोलनरत स्थानीयले विभिन्न माग राख्दै शव उठाउन नमानेकाे सर्लाहीका प्रमुख जिल्ला अधिकारी कोमल प्रसाद धमलाले जानकारी दिए  ।

यस्तै घटनामा गोली चलाएको आरोप लागेका इलाका प्रहरी कार्यालय बरहथवामा कार्यरत प्रहरी वरिष्ठ हवल्दार सोनेलाल यादव जिल्ला प्रहरी कार्यालय सर्लाही तानिएका छन्।

  शुक्रबार प्रदर्शनका क्रममा आन्दोलनकारीले उसैले आफैँले गोली चलाएको आरोप लगाएपछि उनलाई जिल्ला तानिएर घटनाको छानबिन गरिरहेको सर्लाहीका प्रहरी प्रमुख प्रविण धितालले जानकारी  दिए ।

 

प्रतिक्रिया दिनुहोस्