मन्त्रीको ज्यानमा खतरा देखेपछि बल प्रयोग गर्नुपर्‍यो : प्रहरी महानिरीक्षक



काठमाडौं ।

नेपाल प्रहरीका महानिरीक्षक वसन्त बहादुर कुँवरले शुक्रबार बालकुमारीमा भएको घटनाको विषयमा प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिमा जवाफ दिएका छन्।

सोमबार बिहान कुँवरले सिंहदरबारस्थित समितिको बैठकमा गएर घटनाको विषयमा जवाफ दिएका हुन्। महानिरीक्षक कुँवरले मन्त्रीको ज्यान तलमाथि हुने देखेर बालकुमारीमा बल प्रयोग गर्नुपरेको बताए।

उनले भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वाला सवार गाडी प्रदर्शन भइरहेको ठाउँमा नआएको भए घटना नहुने समेत उल्लेख गरे।

“उपत्यकामै मन्त्रीमाथि यस्तो भयो भनेर सन्देश राम्रो जाँदैन भनेर हामी खट्यौँ,” उनले भने, “बल प्रयोगमा आठजना प्रहरी घाइते भएका छन्। मन्त्रीको ज्यान तलमाथि पर्छ भनेर प्रहरी बल प्रयोग भएको हो।”

फिल्डमा खटिएका प्रहरीले ठिक गरे/नगरेको अनुसन्धानबाट स्पष्ट हुने उनले बताए। गएको शुक्रबार ललितपुरको बालकुमारीमा प्रदर्शन र झडपका क्रममा दुई युवकको मृत्यु भएको थियो

प्रतिक्रिया दिनुहोस्