बालकुमारी घटना : वीरेन्द्रनगरमा आज पनि प्रदर्शन



सुर्खेत।

ललितपुरको बालकुमारीमा प्रहरीको गोली लागेर दुई जनाको मृत्यु भएको विरोधमा वीरेन्द्रनगरमा आइतबार पनि प्रदर्शन भएको छ ।

युवा विद्रोह जनसंघर्ष समितिको नेतृत्वमा विभिन्न माग राख्दै युवाहरुले वीरेन्द्रनगरमा प्रदर्शन गरेका हुन् ।

उनीहरुले घटनाका दोषीलाई कारवाही गर्नुपर्ने, मृत्यु भएका युवाहरुलाई सहीद घोषणा गर्नुपर्ने, मृतकका परिवारलाई रोजगारीको व्यवस्था गर्नुपर्ने लगायतका माग अघि सारेका छन् । आफूहरुको माग पूरा नभएसम्म आन्दोलनलाई निरन्तरता दिने उनीहरुले जनाएका छन् ।

शुक्रबार ललितपुरको बालकुमारीमा इपिएस कार्यालय अगाडी भएको आन्दोलनका क्रममा दैलेखका २१ वर्षीय सुजन रावत र अछामका वीरेन्द्र शाहको मृत्यु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्