ट्राफिक एफएमबाट अपडेट भएर मात्रै आज सवारी चलाउन अनुरोध



काठमाडौं ।

आज हुने प्रदर्शनका कारण काठमाडौंको ट्राफिक अस्तब्यस्त हुने भएको छ । जसका कारण काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले आज अर्थात बिहीबार अत्यावश्यक काममा मात्र सवारी साधन लिएर निस्कन सर्वसाधारणलाई अनुरोध गरेको छ ।

मङ्सिर ७ गते काठमाडौँ उपत्यकाका विभिन्न स्थानहरूमा नेकपा एमाले निकट युवा संघ नेपाल र मेडिकल ब्यावसायी दुर्गा प्रसाईको समुहले र्‍याली र जुलुसका साथै विरोध प्रदर्शन गर्ने भएकाले काठमाडौँ उपत्यका भरी सवारी आवागमनमा असहजता सिर्जना हुन सक्ने ट्राफिक कार्यालयले जनाएको छ ।

ट्राफिक प्रहरीले सडकमा निस्कन पूर्व १०० वा १०३ मा टेलिफोन गर्न र ट्राफिक एफ।एम ९५.५ मेगाहर्ज सुनी सडकको अवस्थाको जानकारी लिएर मात्र निस्कन अनुरोध गरेको छ । ट्राफिक व्यवस्थापन गर्ने क्रममा ट्राफिक प्रहरीले सवारी साधन जुनसुकै ठाउँबाट पनि डाइभर्सन गर्न सक्ने हुँदा ट्राफिक प्रहरीलाई आवश्यक सहयोग गर्न पनि अनुरोध गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्