अभिनेत्री दिपाशा बीसीको निधन



काठमाडौँ।

अभिनेत्री दिपाशा बीसीको निधन भएको छ । स्वास्थ्यमा असहज भएपछि उनलाई बुधबार राति थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गरिएको थियो ।

उपचारका क्रममा बिहीबार बिहान उनको मृत्यु भएको अस्पतालले जनाएको छ।

२०६८ सालमा फिल्म ‘दुलही रानी’बाट चलचित्र क्षेत्रमा डेब्यु गरेकी उनले बिरानो माया, चाल, दुलही रानी र झेली फिल्ममा अभिनय गरेकी छिन् । उनी ‘जलपरी’ नामले समेत मोडलिङ र फिल्ममा परिचित थिइन् ।

 

 

प्रतिक्रिया दिनुहोस्