भूकम्प प्रभावित क्षेत्रमा ५ दिनसम्म टेलिकमको निःशुल्क सेवा



काठमाडौं । 

नेपाल टेलिकमले भूकम्प प्रभावित रुकुम पूर्व, रुकुम पश्चिम र जाजरकोट क्षेत्रमा सेवा सुचारु भइसेको जनाएको छ । सूचना आदान–प्रदानलाई निरन्तरता दिन उक्त क्षेत्रमा कम्पनीका सम्पूर्ण मोबाइल ग्राहकलाई पाँच दिनको अवधिका लागि निःशुल्क भ्वाइस तथा एसएमएस सेवा उपलब्ध गराउने भएकको छ ।

यसका अतिरिक्त उक्त क्षेत्रमा पाँच ९५० दिनको अवधिका लागि निःशुल्क भ्वाइस तथा एसएमएस सेवा सहितको निःशुल्क सिम उपलब्ध गराउनेछ । उक्त सिम कम्पनीको सुर्खेत, रुकुम पूर्व, रुकुम पश्चिम र जाजरकोटका कार्यालयबाट उपलब्ध हुनेछ । उद्धार क्षेत्रमा सूचना आदानप्रदान गर्न आवश्यकता अनुसार निःशुल्क नमस्ते वाईफाई सेवा उपलब्ध गराइनेछ ।

कम्पनीका सेवा सम्बन्धी समन्वयका लागि निम्न बमोजिम कर्मचारीहरुसलाई सम्पर्क गर्न सकिने टेलिकमले जनाएको छ ।

प्रकाशचन्द्र सिग्देल – ९८५१०२१७४०
जनक डाँगी – ९८५११०९९५५
ओम प्रकाश ढकाल – ९८५१३४७८७०

प्रतिक्रिया दिनुहोस्