एसीसी प्रिमियर कप जितेर फर्केको यू-१९ टोलीलाई भव्य स्वागत



काठमाडौं ।

मलेसियामा सम्पन्न एसीसी यू १९ प्रिमियर कपको उपाधि जितेर नेपाली क्रिकेट टोली स्वदेश फर्केको छ । युएईलाई हराउँदै फाइनलमा जित हासिल गरेको नेपाली टोलीलाई त्रिभुवन विमानस्थलमा भव्य स्वागत गरिएको हो । उनीहरूलाई विमानस्थलमा क्यानका पदाधिकारीहरूले फुलमाला खादाले स्वागत गरेका थिए ।

मंगलबार भएको खेलमा टस जितेर पहिले ब्याटिङ रोजेको नेपालले निर्धारित ५० ओभरमा २८० रनको बलियो स्कोर खडा गरेको थियो । जवाफी ब्याटिङमा उत्रेको यूएईले २ विकेट क्षतिमा ५२ रन बनाएको अवस्थामा वर्षाका कारण खेल लामो समय अवरुद्ध भएको थियो ।

वर्षा रोकिएपछि डिएल मेथड अनुसार युएईलाई २७ ओभरमा १९८ रनको परिमार्जित लक्ष्य दिइयो । तर, यूएई १७८ रनमा अलआउट भएको छ । नेपालका अलराउन्डर आकाश त्रिपाठीले महत्त्वपूर्ण चार विकेट लिएपछि यूएई लक्ष्यसम्म पुग्न सकेन ।

प्रतिक्रिया दिनुहोस्