त्रिकोणात्मक टी—२० क्रिकेट

नेपालले हङकङलाई दियो २१४ रनको लक्ष्य



काठमाडौं ।

त्रिकोणात्मक टी–२० आई क्रिकेट श्रृङ्खलाको तेस्रो खेलमा नेपालले हङकङलाई २१४ रनको लक्ष्य दिएको छ। मूलपानी क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर २१३ रन बनायो।

नेपालका लागि कुशल मल्लले सर्वाधिक ९२ रन बनाए। यस्तै, दीपेन्द्र सिंह ऐरीले ५७ रन बनाए। हङकङविरुद्ध कमजोर सुरुवात गरेको नेपालको पारी कुशल र दीपेन्द्रले उकासेका थिए।

४१ बलको सामना गरेका कुशलले ९ छक्का र ३ चौका प्रहार गरेका थिए। ३४ बलको सामना गरेका दीपेन्द्रले २ छक्का र ६ चौका प्रहार गरेका थिए।

नेपालका लागि आसिफ शेखले २० तथा कप्तान रोहित पौडेलले ११ रन बनाएका थिए।

प्रतिक्रिया दिनुहोस्