सुनको मूल्यमा फेरि बन्यो नयाँ रेकर्ड, कति पुग्यो तोलाको ?



काठमाडौँ।

नेपाली बजारमा आज सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ ।

हिजो( बिहीबार ) सबैभन्दा उच्च मूल्यमा कारोबार भएको सुनको मूल्यले आज पुन नयाँ रेकर्ड कायम गरेको हो ।

यसअघि गत साउन ४ गते एक लाख १३ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो भने हिजो मात्रै हालसम्मकै उच्च प्रतितोला १ लाख १३ हजार ७ सय रूपैयाँमा कारोबार भएको थियो । जसलाई आज उछेल्दै आज प्रतितोला एक लाख १५ हजार ५ सय रुपैयाँ पुगेको छ।

आज सुनको मूल्य तोलामा एक हजार ८ सय रूपियाँले बढेको छ ।

त्यस्तै तेजाबी सुन प्रतितोला १ लाख १४ हजार ९५० रूपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै शुक्रबार चाँदीको मूल्य १ हजार ४ सय रूपैयाँ कायम भएको छ

प्रतिक्रिया दिनुहोस्