स्मार्ट टेलिकमको लाइसेन्स बिक्री गर्ने कार्य रोक्न निर्देशन



काठमाडाैं ।

सार्वजनिक लेखा सिमितिले स्मार्ट टेलिकमको लाइसेन्स बिक्री गर्ने कार्य रोक्न निर्देशन दिएको छ। निजी दूरसञ्चार सेवा प्रदायक संस्थाहरूलाई वितरण गरिएको सेवा सञ्चालन अनुमति लाइसेन्समध्ये बन्द भइसकेको स्मार्ट सेलको लाइसेन्स गैरकानुनी रूपमा बिक्री भएको पाइएपछि लेखा समितिले शुक्रबार सम्पन्न बैठकमार्फत् यस्तो निर्देशन दिएको हो।

समितिले उक्त निर्देशन सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र नेपाल दूरसञ्चार प्राधिकरणलाई दिएको हो। स्मार्ट टेलिकमले हालसम्म सरकारलाई तिर्नुपर्ने दायित्वहरू भुक्तानी गरेको छैन।

सिमितिले कम्पनी लिक्विडेसनमा नगएको अवस्थामा यसले लाइसेन्स बिक्री कार्यलाई स्थगित राख्न भनेको हो। यस सम्बन्धमा भएका निर्णयका कागजात समेत समितिलाई उपलब्ध गराउन निर्देशन दिइएको छ।

प्रतिक्रिया दिनुहोस्