मनाङ एयरको हेलिकप्टर लोबुचेमा दुर्घटना



काठमाडौं ।

मनाङ एयरको हेलिकप्टर शनिबार बिहान करिब सवा सात बजे सोलुखुम्बुको लोबुचेमा दुर्घटनामा परेको छ।

हेलिकप्टरमा पाइलट प्रकाश सेढाई एक्लै थिए। मनाङ एयर स्रोतका अनुसार हेलिकप्टर लुम्लाबाट नाम्चेबजारतर्फ जाँदै थियो। दुर्घटनामा पाइलटको अवस्थाबारे औपचारिक रूपमा जानकारी आइनसकेको मनाङ एयर स्रोतले बताएको छ।

प्रतिक्रिया दिनुहोस्