प्रधानमन्त्री र नवनियुक्त स्वीस राजदूतबीच भेटवार्ता



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपालका लागि स्वीट्जरल्याण्डका राजदूत एचई डानियल म्युलीबीच शिष्टचार भेटवार्ता भएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा आज नवनियुक्त स्वीस राजदुतसँग भेटवार्ता भएको हो ।

प्रधानमन्त्री प्रचण्डले आज सो अवसरमा नेपाल र स्वीट्जरल्याण्डबीचको द्विपक्षीय सहयोगका विषयमा छलफल गरेको उनको सचिवालयले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्