महानिरीक्षक

तीनवटै सुरक्षा निकाय निमित्तको भरमा, प्रमुख सबै देश बाहिर



काठमाडौं । नेपालका तीनवटै सुरक्षा निकायका प्रमुख एकसाथ देशबाहिर गएका छन् ।

नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका प्रमुख हाल देश बाहिर छन् । नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्मा आइतबार बेलायत प्रस्थान गरेका हुन् । उनी बेलायतबाट २७ गतेमात्रै स्वदेश फर्किने कार्यक्रम छ ।

त्यस्तै नेपाल प्रहरीका महानिरीक्षक बसन्तबहादुर कुँवर पनि अहिले विदेशमै छन् । गत शनिबार आईजीपी कुँवर बेलायत प्रस्थान गरेका हुन् ।

बेलायत सरकारको निमन्त्रणामा असोज २२ गतेदेखि २६ गतेसम्म सञ्चालन हुने सुरक्षा र न्याय सुदृढिकरणका लागि एकीकृत कार्यक्रममा सहभागी हुन त्यहाँ पुगेका हुन् ।

अमेरिकाको सान डिएगो, क्यालिफोर्नियामा असोज २७ देखि ३० गतेसम्म सञ्चालन हुने इन्टरनेसनल एसोसिएसन अफ चिफ अफ पुलिस कन्फरेन्स विषयक कार्यक्रममा सहभागी हुन राई नेतृत्वको टोली त्यसतर्फ प्रस्थान गरेको हो ।

प्रहरी नायब महानिरीक्षकद्वय दुर्गा सिंह र केदार ढकाल पनि छन् । त्यसैगरी सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल पनि अमेरिका प्रस्थान गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्