१९८७ मा निर्माण गरिएकाे ३ तले सिमखेत दरबार भत्कियाे



बझाङ । विक्रम संवत् १९८५ मा जग खन्न सुरू गरी १९८७ मा निर्माण गरिएकाे ३ तले सिमखेत दरबार भत्किएकाे छ ।

जयपृथ्वी नगरपालिका वडा नम्बर ९ सिमखेतमा रहेकाे सिमखेत दरवार भनेर चिनिने घर भत्किएकाे छ ।

१९८७ मा बझाङ्गी राज परिवारका भाइ महेन्द्र जंग बहादुर सिंहले निजी निवासका लागि निर्माण गरिएकाे उहाँका छाेरा प्रकाश बहादुर सिंह बस्दै आएकाे घर भुकम्पका कारण भत्किएको हाे ।

असाेज १६ गतेदेखि अहिलेसम्म बझाङ केन्द्रबिन्दु बनाएर बारम्बार आईरहेकाे बिनासकारी भूकम्पले भत्काएकाे प्रकाश बहादुर सिंहले बताएका छन् ।

उनले भने बाउँ बाजेले निर्माण गरिएकाे पुर्खाहरूकाे चिनाेलाई संरक्षण गरी जुगाै जुगसम्म बचाइ राख्ने चाहाना थियाे तर भूकम्पले गर्दा सपना चक्नाचुर बनायाे ।

अब तत्काल पुन:निर्माणमा लाग्नुपर्ने सिंहले बताए । जिल्लामा सयाैँ घर भत्किएका छन् भने हजारौं घर जाेखिमपूर्ण अवस्थामा चर्किएका छन् ।

भत्किएका र चर्किएका घरहरू र सरकारी भवनहरूकाे विवरण जुटाउन स्थानीय सरकारमा जनप्रतिनिधि, प्रशासन र विभिन्न सराेकारवाला निकायहरू लागि रहेका छन् ।

साथै एकद्वारप्राणीबाट अहिले बझाङका लागि सहयाेगकाे रूपमा आएकाे राहत सामाग्री जिल्ला प्रशासन कार्यालयमार्फत सम्बन्धि स्थानीयतहलाई जिम्मेवारी दिई वितरण भैरहेकाे छ ।१९८५ सालमा जग खन्न सुरू भई १९८७मा तमैल,चैनपुरमा निर्माण गरिएका संरचनाहरू जाेखिम अवस्थामा छन् ।

बझाङ्गी राजा तथा राष्ट्रिय विभूति जयपृथ्वी बहादुर सिंहकाे पालामा निर्माण गरिएका ऐतिहासिक हात्तीसार दरबार र भाेपुर दरबार पनि पहिले देखिनै उच्च जाेखिम्मा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्