प्रधानमन्त्रीद्वारा मन्त्रिपरिषद् र सर्वदलीय बैठक आह्वान



काठमाडौं । इजरायलमा जारी द्वन्द्वको मारमा परेका नेपाली नागरिकको उद्धारको विषयमा आवश्यक निर्णय लिन आज दिउँसो मन्त्रिपरिषद् र सर्वदलिय बैठक आह्वान गरिएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज (सोमबार) दिउँसो चार बजे मन्त्रिपरिषद् बैठक बोलाएका हुन् ।

मन्त्रिपरिद् बैठक लगत्तै साँझ पाँच बजे प्रधानमन्त्रीले सर्वदलिय बैठक पनि बोलाएको प्रचण्डका प्रेसविज्ञ मनहरी तिमल्सिनाले बताए ।

प्रतिक्रिया दिनुहोस्