हात्तीछापको क्यारेक्टर लुक्स



आगामी माघ २६ गते रिलिजमा आउने फिल्म हात्तीछापका मुख्य कलाकारको लुक्ससहित नयाँ पोस्टर सार्वजनिक गरिएको छ।

पोस्टरमा फिल्मका मुख्य कलाकारहरू दयाहाङ राई, सौगात मल्ल, उपासना सिंह ठकुरी, बेनिशा हमाल, बुद्धि तामाङ, विल्सन विक्रम राई र विजय बराललाई समावेश गरिएको छ। पोस्टरमा दया र उपासना जोडीका रूपमा देखिएका छन्।

किरण नेपालीको प्रस्तुतिमा पुष्कर गुरुङ र अमलादेवी राईको निर्माण तथा सिमोस सुनुवारले निर्देशन गरेको फिल्ममा प्रदीप भारद्वाजको लेखन, रामजी लामिछानेको कोरियोग्राफी, सुशन प्रजापतिको छायांकन र निमेष श्रेष्ठको सम्पादन रहेको छ। सरोज नेपाली कार्यकारी निर्माता रहेको फिल्ममा कमलमणि नेपाल, पुष्कर गुरुङ, प्रकाश घिमिरे, भोलाराज सापकोटा, विनोद न्यौपाने, कविता आले, सुष्मा निरौला, रियर राई, अनुप न्यौपाने, स्वस्तिका खड्का, नारायण खाती, अनिता गिरी, बेनु भुजेललगायतका कलाकारले पनि अभिनय गरेका छन्।

प्रतिक्रिया दिनुहोस्