क्वाटरफाइनलमा टुंगियो नेपाली क्रिकेटको यात्रा



हाङझाउ।

चीनको हाङझाउमा जारी १९औं एसियाली खेलकुदमा नेपाली क्रिकेटको यात्रा क्वाटरफाइनलमै टुंगिएको छ ।
नेपालले पहिलो क्वाटरफाइनलमा सानदार ब्याटिङ प्रदर्शन गरेपनि भारतसँग २३ रनले पराजित हुँदै बाहिरिएको हो । जितको लागि २ सय ३ रनको विशाल विजयी लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ७९ रन बनायो । दीपेन्द्रसिंह ऐरीले १५ बलमा चार छक्कासहित सर्वाधिक ३२ रनको योगदान दिए । सन्दीप जोरा १२ बलमा १ चौका र ३ छक्कासहित २९ रनमा आउट भए । दीपेन्द्र र सन्दीप जोराले पाँचौं विकेटका लागि २० बलमा ४८ रनको साझेदारी गरेका थिए ।

नेपालले विष्फोटक ब्याटिङका साथ भारतलाई खेलमा दवाबमा राखेको थियो । नेपाललाई जितको लागि १९ बलमा ४७ रन चाहिँएको थियो । सत्रौ ओभरको अन्तिम बलमा सोमपाल कामी ठूलो सटको धुनमा साई किशोरबाट आउट हुन पुगे । उनले ५ बलमा एक छक्का प्रहार गरे । लगत्तै अर्शदीप सिंहको अठारौं ओभरको पहिलो बलमा गुलशन झा लङअनमा जैसवालबाट क्याच आउट भए । नेपाली ब्याटरले छोटो तर आक्रामक प्रदर्शनका साथ खेललाई रोमान्चक बनाएका थिए ।

नेपालले एघारौं ओभरमा दुई प्रमुख विकेट गुमाउनु नेपाललाई अर्को भारी पर्यो । स्पिनर रवि विश्रोईको चौथो बलमा कुशल मल्ल २९ रनमा क्याच आउट भए । ठूलो सट खेलेका कुशलको बल राहुल त्रिपाठीले लङअफमा सानदार क्याच लिँदै रवि विश्रोईलाई समात्न दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्