बाँकेमा पाटेबाघ मृत फेला


नेपालगञ्ज ।

बाँकेमा एउटा पाटेबाघ मृत फेला परेको छ। राप्ती सोनारी गाउँपालिका–२ स्थित डिभिजन वन कार्यालय अन्तर्गत अशोक सामुदायिक वनभित्र पाटेबाघ मृत फेला परेको हो।

डिभिजन वन कार्यालय बाँकेका प्रमुख अजितकुमार कर्णले मंगलबार बेलुका ८ बजेतिर मरेको अवस्थामा बाघ फेला परेको जानकारी दिए। बाघ मानव बस्तीदेखि करिब साढे दुई सय मिटरभित्र जंगलमा फेला परेको थियो। बाघ मर्नुको कारण पोष्टमर्टमपछि मात्रै थाहा हुने बताइएको छ।

 

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।