रास्वपाद्वारा केन्द्रीय र संसदीय समितिको संयुक्त बैठक आह्वान



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय समिति र संसदीय समितिको संयुक्त बैठक आह्वान गरेको छ ।

बैठक भोलि (बुधबार) साँझ ४ः०० चार बजे पार्टी केन्द्रीय कार्यालयमा आह्वान गरिरहेको पार्टी महामन्त्री मुकुल ढकालले जानकारी दिए ।

बैकठमा संविधान दिवसको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले विभिन्न जेल सजाय काटिरहेका कैदीबन्दीहरूको जेल सजाय छुट र जिल्लामा परिचालित नेताहरूको रिपोर्टका लागि छलफल हुने ढकालले बताए ।

राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा ६७० जनाको बाँकी जेल सजाय छुट दिने निर्णय गरेका थिए ।

रास्वपाले ३ असोजदेखि ७ असोजसम्म १९ नेतालाई १९ जिल्लामा खटाएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्