मालदिभ्सलाई हराउँदै नेपाल साफ यू–१९ च्याम्पियनसीपको सेमिफाइनलमा



काठमाडौँ ।

नेपाल साफ यू–१९ च्याम्पियनसीप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।

सोमबार दशरथ रंगशालामा भएको खेलमा माल्दिभ्सलाई ४–१ गोल अन्तरले हराउँदै नेपालले अन्तिम चारमा स्थान सुनिश्चित गरेको हो । दुई मध्ये एक खेलमा जित तथा एक खेलमा हार भोगेको नेपाल उपविजेताको रुपमा सेमिफाइनलमा प्रवेश गरेको हो । नेपालले पहिलो खेलमा पाकिस्तानसँग १–० को गोल अन्तरले पराजय भोगेको थियो ।

पहिलो खेलमा पाकिस्तानसँग पराजित बनेको नेपाललाई सेमिफाइनलमा स्थान बनाउन माल्दिभ्सलाई हराउनै पर्ने दबाब थियो । योसँगै माल्दिभ्स भने प्रतियोगिताबाट बाहिरिएको छ । नेपालले फाइनलमा प्रवेशका लागि अब भारत वा भुटानसँग खेल्नेछ ।

प्रतिक्रिया दिनुहोस्