७० हजार किलो चिनीको गोदाममा सिल



काठमाडौँ।

वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले काठमाडौँमा भण्डारण गरिराखेको ७० हजार किलो चिनीको गोदाममा सिल गरेको छ ।

काठमाडौँको कुलेश्वरमा रहेको गृहेश्वरी ट्रेड लिङ्कको गोदाममा कृत्रिम भण्डारण गरेर राखिएको र लेबल अस्पष्ट भएकोले चिनीको गोदाम सिल गरेको हो।

विभागका निर्देशक आनन्दराज पोखरेलले गोदाम सिल गरेर गुणस्तर जाँचका लागि नमुना प्रयोगशालामा पठाएको बताए ।

केही समयदेखि चिनीको भाउ अस्वाभाविक रूपमा बढिरहेको छ । एक महिना अघिसम्म किलोको एक सय रुपैयाँमा पाइने चिनी अहिले एक सय ३० रुपैयाँभन्दा धेरै पुगेको छ ।

 

प्रतिक्रिया दिनुहोस्