एमालेको बागमती प्रदेश अधिवेशन सुरु



काठमाडौँ।

नेकपा एमाले बागमती प्रदेश अधिवेशन काठमाडौँमा सुरु भएको छ । भृकुटीमण्डपस्थित राष्ट्रियसभा गृहमा अध्यक्ष केपी शर्मा ओलीले रिमोर्टमार्फत ड्रोन उडाएर र दीप प्रज्वलन गरेर अधिवेशनको उद्घाटन गरेका हुन् ।

उद्घाटन समारोहमा एमालेका शीर्ष नेताका साथै विभिन्न जिल्लाबाट निर्वाचित प्रतिनिधिहरू सहभागी छन् । अधिवेशनमार्फत प्रदेश कमिटीको अध्यक्ष, उपाध्यक्ष, सचिव र उपसचिव गरी पाँच पदाधिकारीसहित २४० सदस्यीय नयाँ कार्य समिति चयन गर्ने एमालेले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्