हामी पार्टी कब्जा गर्न लाग्यौं, जनता अर्कैले कब्जा गरिसके: अर्जुननरसिंह केसी



काठमाडौं।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले पार्टी कब्जा गर्न नेताहरु लागे पनि जनताजति सबै अर्कैको कब्जामा परिसकेको टिप्पणी गरेका छन्।

सोमबार केन्द्रीय समिति बैठकमा बोल्दै केसीले देश संगठितरूपमा अराजकतातिर जाँदा कांग्रेस गम्भीर बन्नुपर्ने बताए ।

‘पार्टी कब्जाको होडमा हामी छौँ, सभापति पनि आफ्नो ढंगबाट लाग्नुभएको होला। हामी पनि लागेका छौं तर जनता अर्कैले कब्जा गरिसकेका छन्। जनता पार्टीबाट टाढाटाढा हुँदैछन्। जनताको खाँचो, पार्टीहरूले जनतामा बाँडेको आश्वासन र सो अनुरुप नभएको अवस्थाले ल्याएको फरक को खाली ठाउँमा आमअसन्तुष्टि र निरासा मात्र होइन जनआक्रोशले विकल्पको बाटो खोज्दैछ,’ उनले भने।

उनले जनतामा नयाँ आशा, विश्वास र भरोसाको प्रत्याभूति दिने वातावरण निर्माण गरिनुपर्ने पनि बताए।

प्रतिक्रिया दिनुहोस्