बालेनको प्रश्न- अभियान्तासँग वार्ता गर्ने कि नेतासँग ?



काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)ले पालिकाको कार्यालय अगाडि आन्दोलनमा उत्रिएका अभियान्ताहरूलाई प्रश्न गरेका छन् ।

उनले केहीबेर अघि उनले सामाजिक सञ्जाल फेसबुकमार्फत अभियन्ताहरूलाई प्रश्न गरेका हुन् ।

मेयर साहले आफूले संवादका लागि बोलाए पनि नआएको दाबी गरेका छन् । आफूलाई ‘ईः’ भनेर चिनाउने अभियन्ता ईशान श्रेष्ठको अगुवाइमा राष्ट्रिय सभा गृह अगाडि गत मंगलबारदेखि आन्दोलन जारी छ ।

अभियान्ताले निर्वाचनको बेला मेयर बालेनले प्रतिज्ञा गरेअनुसार फुटपाथ विक्रेताहरूका लागि वैकल्पिक व्यवस्था नगरी बलजफ्ती गरेको भन्दै अभियान्ता आन्दोलनमा उत्रिएका हुन् ।

एक साता अगाडिदेखि आन्दोलनमा उत्रिएका अभियान्ताले आफूहरूको आवाज नसुनेको भन्दै गुनासो गरेका छन् । तर, बालेनले भने संवादका लागि आफू तयार भए पनि आन्दोनमा उत्रिएका अभियान्ता राजनीतिक स्वार्थसँग जोडिएका कारण संवादमा नआएको बताएका छन् ।

‘विगत केही दिन देखि केही अभियन्ताहरू आन्दोलनमा हुनु हुन्थ्यो, उहाँहरूको कुरा सुन्न उहाँहरू उभिरहेको ठाउँमा म आफै गएर वार्ता गरौँ यहाँहरुको कुरा र समस्या सुनौँ भन्दा अभियन्ताहरु संवादमा बोलाउँदा आउन खोज्नुभएन । लोकतान्त्रिक अभ्यासमा सबै कुरा समाधान संवादबाट नै हुनुपर्छ भन्ने कुरा हामीले बुझेको छौ, सायद कुनै राजनीतिक स्वार्थ जोडिएर आउन नखोज्नु भएको होला भन्ने हामीले बुझेको छौ । के वार्ता हामीले उहाँहरूको नेतासँग गर्न पर्ने ?’

प्रतिक्रिया दिनुहोस्