कांग्रेस केन्द्रीय समितिको बैठक जारी (लाइभ)



काठमाडौँ, २७ माघ नेपाली कांग्रेस पार्टी केन्द्रीय कार्यालय ललितपुरको सानेपामा बिहीबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा सहभागी प्रधानमन्त्री एवं कांग्रेस पार्टी सभापति शेरबहादुर देउवा लगायत पार्टी नेताहरु । तस्वीर ः रोशन सापकोटा, रासस

काठमाडौं । नेपाली का्रग्रेस केन्द्रीय समितिको बैठक बसेको छ । गत बिहीबारदेखि शुरू भएको उक्त बैठक आज (आइतबार) पनि जारी छ ।
बैठकमा पार्टी केन्द्रीय सदस्यहरूले आ–आफ्नो धारणाक्रम चलिरहेको कांग्रेसले जनाएको छ ।

पार्टी संस्थापन पक्षले सभापति देउवा नेतृत्वको सरकार गठन हुनुपर्नेमा जोड दिएका छन् भने इतरपक्षले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको विकल्प खोज्नुपर्ने धारणा राखेका छन् ।

यसका साथै उनीहरूले पार्टी नेतृत्वको आलोचना पनि गरेका छन् । कांग्रेस भातृ संघ, संगठनहरूको संरचना सुदृढीकरण नेतृत्वले चासो नदिएको भन्दै आक्रोश पोखेका छन् ।

प्रतिक्रिया दिनुहोस्