गैरआवासीय नेपालीलाई नागरिकता दिने बाटो खुला



काठमाडौं । नेपाली नागरिकता (तेस्रो संशोधन) नियमावली २०८० नेपाल राजपत्रमा प्रकाशित भएसँगै देशभरका जिल्ला प्रशासन कार्यालयबाट आमाको नाउ“बाट र गैरआवासीय नेपालीहरूलाई नागरिकता दिने बाटो खुलेको छ ।

मन्त्रिपरिषद्बाट पारित नागरिकता नियमावली गत बिहीबार सा“झ राजपत्रमा प्रकाशित भएसँगै नागरिकतासम्बन्धी कानुन पूर्ण रूपमा कार्यान्वयन गर्ने बाटो खुलेको हो । यसअघि बुबाको नागरिकता अनिवार्य रहेकोमा नियमावली संशोधनसँगै बुबाको पहिचान नभएका व्यक्तिले अबदेखि आमाका नामबाट नेपाली नागरिकता पाउने भएका छन् । संशोधित नियमावलीमा बुबाको पहिचान नभएका व्यक्तिले नागरिकता पाउन जन्मदर्तासहित आमाको नेपाली नागरिकता वा आमा नेपाली रहेको प्रमाण पेस गर्नु पर्ने र विदेशी मुलुकको नागरिकता नलिएको भनेर स्वघोषणा गर्नुपर्ने उल्लेख गरिएको छ ।

त्यस्तो नागरिकता पाउने व्यक्तिको आमाको पनि मृत्यु भइसकेको वा होस ठेगानमा नरहेको अवस्था भए, त्यसको प्रमाणसहित स्वघोषणा गरेमा आमाको नामबाट नागरिकता पाउनेछन् । स्वघोषणाको ढा“चा नियमावलीमा अनसूचीमा उल्लेख गरिएको छ ।

नियमावलीमा गैरआवासीय नेपालीले गैरआवासीय नेपाली नागरिकताको प्रमाणपत्र लिन विदेशबाटै आवेदन दिन पाउने भएका छन् । गैरआवासीय नेपालीलाई विदेशकै राजदूतावास वा महावाणिज्य दूतावासबाट निवेदन दिन सक्ने व्यवस्था गरिएको छ ।

यस्तो नागरिकता लिन चाहने गैरआवासीय नेपालीले आफू वा आफ्नो बाबु, आमा बाजे वा बज्यैमध्ये जसको नेपाली नागरिकताको आधारमा गैरआवासीय नेपाली नागरिकताको प्रमाणपत्र लिने हो सोही नागरिकताको प्रमाणपत्र जारी भएको जिल्लाको प्रमुख जिल्ला अधिकारीसमक्ष निवेदन दिनुपर्नेछ ।

गैरआवासीय नेपाली नागरिकता लिनका लागि हाल नागरिक रहेको मुलुकबाट लिएको राहदानीको प्रतिलिपि, नेपालको संविधान मान्ने प्रतिबद्धता, विदेशी नागरिकता लिएको प्रमाण आदि कागजात पेस गर्नुपर्नेछ । सार्क राष्ट्रमा बसोबास गर्नेहरूले भने गैरआवासीय नेपाली नागरिकता पाउने छैनन् ।

गैरआवासीय नेपालीले नागरिकताका लागि निवेदन दिएपछि नेपाली दूतावास वा महावाणिज्य दूतावासले १५ दिनभित्र सम्बन्धित प्रमुख जिल्ला अधिकारीसमक्ष निवेदन पठाउनु पर्नेछ । यसरी निवेदन आएपछि प्रमुख जिल्ला अधिकारीले ती गैर आवासीय नेपालीलाई चिन्ने एक नेपाली नागरिकले सनाखत गर्नुपर्नेछ ।

प्रमुख जिल्ला अधिकारीलाई गैर आवासीय नेपालीले पेस गरेको विदेशको नागरिकता र राहदानीमा शंका लागेमा सम्बन्धित राजदूतावास वा महावाणिज्य दूतावासलाई वैधता जा“च गर्न लगाउन सक्नेछ । यसरी वैधता जा“चको निवेदन आएमा १५ दिनभित्र दूतावास वा महावाणिज्य दूतावासले बुझेर जानकारी गराउनुपर्छ ।

गैरआवासीय नेपाली नागरिकता दिनुअघि प्रमुख जिल्ला अधिकारीले सम्बन्धित व्यक्तिलाई नेपालको संविधान र कानुन मान्ने प्रतिवद्धता अर्थात् शपथ गराउनु पर्नेछ । यसरी नागरिकता पाउनेले राजनीतिक अधिकारबाहेक आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार उपभोग गर्न पाउने छन् ।

प्रतिक्रिया दिनुहोस्