क्यान मतगणना जारी : सचिवमा पारसले लिए अग्रता, कसको मत कति?



काठमाडौँ।

नेपाल क्रिकेट संघ (क्यान) को सचिवमा पारस खड्का र प्रशान्तविक्रम मल्लको कडा टक्कर देखिएको छ।

नयाँ नेतृत्वका लागि शनिबार भएको निर्वाचनमा सचिव र सदस्यका लागि मात्र मतदान भएको थियो।

जारी मतगणनाको सुरुको २५ भोट गणना हुँदा उनीहरूबीच कडा टक्कर देखिएको छ।

२५ मत गनिसक्दा पारसले अग्रता लिएका छन्। उनले १३ मत ल्याउँदा प्रशान्तले १२ मत ल्याएर पछ्याइरहेका छन्।

एक सचिव र १० सदस्यका लागि भएको चुनावी प्रतिस्पर्धामा ८५ जनाले मतदान गरेका छन्।

क्यानका कूल १७ पदमध्ये ६ पदमा निर्विरोध निर्वाचित भएका छन्।

प्रतिक्रिया दिनुहोस्