क्यान निर्वाचन : सचिव र सदस्य पदका लागि मतदान सुरु



 काठमाडौँ।

नेपाल क्रिकेट संघ (क्यान) को सचिव र सदस्य पदको मतदान सुरु भएको छ। शनिबार काठमाडौंस्थित बालुवाटारमा जारी क्यानको अधिवेशनमा सचिव र सदस्य पदका लागि मात्र निर्वाचन भएको हो।

जारी क्यानको निर्वाचनमा अध्यक्ष, उपाध्यक्ष, कोषाध्यक्ष र महिला सदस्य निर्विरोध निर्वाचित भइसकेका छन्।

अहिले सचिव र सदस्य पदका लागि मात्र निर्वाचन भएको हो।

सचिवमा पूर्वकप्तान पारस खड्का र केन्द्रीय सदस्य प्रशान्त विक्रम मल्लले उम्मेदवारी दिएका छन्।

क्यानका कूल १७ पदमध्ये ६ पदमा निर्विरोध निर्वाचित भएका हुन्।

अब एक सचिव र १० सदस्यका लागि चुनावी प्रतिस्पर्धा हुनेछ। जम्मा ३१ जनाले उम्मेदवारी दिएका थिए।

प्रतिक्रिया दिनुहोस्