मुगु सदरमुकाम गमगढीमा आगलागी, ६ घर जलेर नष्ट

गए राति साढे १ बजे बाट सुरु भएको आगलागी ४ मात्रै नियन्त्रणमा



मुगु ।

मुगुको सदरमुकाम गमगढी बजारमा आगलागी भएको छ । छायाँनाथ रारा नगरपालिका वडा नं २ भित्र पर्ने बजारमा आगलागी भएको हो । स्थानीय पुतली शाहीको घरबाट सुरु भएको आगलागीमा परी ५ वटा घर पुर्ण रुपमा क्षति भएका छन् भने लाखौँ रकम बरावरका धनमाल क्षति भएको छ ।

गए राति साढे १ बजे बाट सुरु भएको आगलागी अहिले ४ बजेतिर मात्रै प्रहरी, शसस्त्र प्रहरी, नेपाली सेना र स्थानीयको प्रयासमा आगो नियन्त्रणमा लिएका छन् ।

मध्यरातमा अचानक आगो के कसरी लाग्यो ? भन्ने बिषयमा अनुसन्धान भई रहेको जिल्ला प्रहरी कार्यालय मुगुले जनाएको छ । यसको थप बिवरण आउन बाँकी छ ।

प्रतिक्रिया दिनुहोस्