अर्काको मोबाइल बैंकिङमा पहुँच पुर्‍याएर ६ लाख ठगी गर्ने एक जना पक्राउ



काठमाडाैं ।

अर्काको मोबाइल बैंकिङमा पहुँच पुर्‍याएर ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।  पक्राउ पर्नेमा काभ्रे पाँचखाल नगरपालिका-६ घर भई काठमाडौंको गोकर्णेश्वर नगरपालिका-२ नयाँपाटी बस्ने २२ वर्षीय सरोज दिवाली रहेका छन् ।

उनले एक जना व्यक्तिको मोबाइल बैंकिङमा पहुँच पुर्‍याएर ६ लाख २ हजार ५४८ रुपैयाँ ठगी गरेको आरोप छ। उनले नामसारी गरी मोबाइल बैंकिङ एक्टिभ गराएर पीडितको खातामा पहुँच पुर्‍याएको प्रहरीले जानकारी दिएकाे छ । उनीमाथि थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर टेकुमा पठाइएको छ।

प्रतिक्रिया दिनुहोस्