तीनकुने सामूहिक हत्या प्रकरण : थप एक जना पक्राउ



काठमाडौं ।

काठमाडौंको तीनकुनेमा शुक्रबार राति चार जनाको हत्या भएको घटनामा थप एक जना पक्राउ परेका छन्। प्रहरीले सिसिटिभी फुटेजमा देखिएका एक युवकलाई आइतबार बिहान लोकन्थलीबाट पक्राउ गरेको हो।

स्रोतका अनुसार हत्यामा संलग्न भएको आशंकामा उनलाई पक्राउ गरिएको हो। पक्राउ पर्नेको परिचय प्रहरीले गोप्य राखेको छ। शुक्रबार राति ११:५५ बजे काठमाडौं महानगरपालिका-३२ तीनकुनेस्थित दिव्य सस्मिलभित्र काठले बनेको टहरामा धारिलो हतियार प्रहार गरी चार जनाको हत्या भएको अवस्थामा शव फेला परेको थियो।

हत्या हुनेमा दोलखा घर भई सःमिलमा सुरक्षागार्डको काम गर्ने ५५ वर्षीय कुमार भुजेल, उनकी श्रीमती ५० वर्षीया अम्बिका भुजेल, कुमारकी आमा ७६ वर्षीया शुभद्रा भुजेल, र मोरङ बेलबारी घर भई मिलमा बस्दै आएका अन्दाजी २५ वर्षीया नवीन राईको हत्या भएको थियो।  हत्या गरिएको अवस्थामा भेटिएका चारै जनाको शव पोष्टमर्टमको लागि त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा राखिएको छ । घटनाबारे  थप अनुसन्धान भइरहेका छ  ।

प्रतिक्रिया दिनुहोस्