६० किलो सुन तस्करी प्रकरणको मुद्दा आज दर्ता गरिँदै



काठमाडौं । ६० किलो सुन तस्करी प्रकरणको मुद्दा दर्ता गरिने भएको छ ।

आज (आइतबार) जिल्ला अदालत काठमाडौंमा उक्त प्रकरणको मुद्दा दर्ता गरिने भएको हो ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले सुन तस्करी प्रकरणको अनुसन्धान प्रतिवेदन यहीँ भदौ २८ गते बुझाएको थियो ।

त्यसको ठीक ४ दिनपछि अर्थात् आज जिल्ला सरकारी वकिल कार्यालयले मुद्दा दर्ता गर्ने भएको छ ।

गत साउन २ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिएको सुन राजस्व अनुसन्धान विभागले बरामद गरेको थियो ।

सीआईबीले पक्राउ गरेका २५ र फरार ४ गरी २९ जनाविरुद्ध मुद्दा चलाउन सरकारी वकिलको कार्यालयलाई राय दिएको छ ।

उक्त प्रकरणमा ८ चिनियाँसहित ३२ जना हिरासतमा छन् भने तीमध्ये ७ जनालाई मुद्दा नचलाउन सीआईबीले नै राय दिएको छ ।

प्रतिक्रिया दिनुहोस्