डिजेल, पेट्रोल र मट्टीतेलको मूल्य बढ्यो



काठमाडौँ।

पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य बढेको छ। नेपाल आयल निगमले शनिबार बिहान १ बजेबाट लागू हुनेगरी पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य बढाएको हो।

पेट्रोल लिटरमा एक रूपैयाँ र डिजेल तथा मट्टीतेल लिटरमा तीन रूपैयाँ मूल्य बढेको निगमले बताएको छ।

 

 

प्रतिक्रिया दिनुहोस्