प्रधानमन्त्री प्रचण्डले संसद्‌मा सम्बोधन गर्ने



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसद्मा सम्बोधन गर्ने भएका छन् । आज (शुक्रबार) दिउँसो १ बजे आह्वान गरिएको संसद् बैठकमा उनले सम्बोधन गर्ने भएका हुन् ।

प्रधानमन्त्री दाहालले आसन्न अमेरिका भ्रमण तथा त्यसपछि हुने चिनियाँ भ्रमणका बारेमा संसद्मा जानकारी गराउनेछन् ।

समसामयिक राजनीतिक घटनाक्रमका बारेमा सम्बोधन गर्ने प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

प्रधानमन्त्री प्रचण्ड संयुक्त राष्ट्रसङ्घ ७८औँ महासभामा भाग लिन भोलि (शनिबार) त्यसतर्फ प्रस्थान गर्दैछन् ।

प्रतिक्रिया दिनुहोस्