धरानमा निषेधाज्ञाका कारण इटहरीमा र्‍याली



भद्रपुर । धरानमा निषेधादेश जारी भएपछि शनिबार हिन्दु धर्मका अनुयायीहरूले इटहरीमा धर्म निरपेक्षताको खारेजी र हिन्दुराज्यको माग गर्दै शनिवार नाराबाजी गरेका छन् । हिन्दु धर्मका संघसंगठन र धर्मगुरुहरूको नेतृत्वमा गोवंश तथा स्वधर्म संरक्षणका लागि निकालिएको सद्भाव ¥यालीमा यस्तो नाराबाजी गरिएको हो ।

धार्मिक तथा राष्ट्रिय झण्डाको प्रयोगसँग हिन्दु धर्मको पक्षमा प्लेकार्डसहितको ¥यालीमा ‘गौमाताको सम्मानमा आऔं सबै मैदानमा’, ‘मरे बलिदान बाँचे स्वभिमान, गौ संरक्षण हाम्रो अभियान’ लगायतका नारा लगाइएको थियो ।

हिन्दु धर्मका विभिन्न संघसंगठनले धरानमा आह्वान गरेको शान्ति ¥यालीसँगै पहिचानवादीका कार्यक्रमले सामाजिक सद्भाव भड्किन सक्ने भन्दै जिल्ला प्रशासन कार्यालय सुनसरीले शुक्रवार राति १२ बजे देखि शनिवार राति १२ बजेसम्म निषेधादेश जारी गरेको थियो । तर, स्वधर्मको रक्षा आह्वान गर्दै धरानबाहिर भने ¥याली निकालिएको थियो ।

इटहरीबाट निस्केको ¥याली तरहराको पानीपियामा पुगेर कोण सभामा परिणत भएको थियो । उक्त ¥यालीले धरान नगरप्रमुख हर्क साम्पाङविरुद्ध समेत नाराबाजी भएको थियो । धरानका मेयरका कारण धार्मिक सहिष्णुता भड्किएको धर्म गुरुहरूको आरोप छ ।

धरान आउने नाकामा सयौंको संख्यामा सुरक्षाकर्मी तैनाथ गरिनुका साथै विभिन्न जिल्लाबाट गएका हिन्दु धर्मावलम्बीलाई प्रशासनले धरान जान रोक लगाएको थियो । धरानमा प्रदर्शन गर्न नपाएका उनीहरूले राष्ट्रिय जनावरको रक्षा गर्नुपर्ने भन्दै गृहमन्त्री र प्रधानमन्त्रीविरुद्ध पनि प्रदर्शन गरेका थिए ।

धरान उपमहानगरपालिकामा केही साताअघि सार्वजनिक रूपमा गोरु काटेर भोज गरिएको विरोधमा आन्दोलन चर्किएको हो ।

प्रतिक्रिया दिनुहोस्