प्रधानमन्त्रीले बोलाएको सर्वदलीय बैठकमा गएनन् ‌ओली



काठमाडौं ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बोलाएको सर्वदलीय बैठकमा प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली अनुपस्थित भएका छन्।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा जारी बैठकमा संसद्‍मा प्रतिनिधित्व गर्ने सबै राष्ट्रिय दलका प्रतिनिधिहरु पुगेका छन्। तर गत साउन १० गतेदेखि अवरुद्ध संसद् खुलाउन डाकिएको बैठकमा आफू नगएर ‌ओलीले संसदीय दलका उपनेता सुवास नेम्वाङ र प्रमुख सचेतक पदम गिरीलाई पठाएका हुन्।

यो बैठकमा प्रधानमन्त्री दाहाल, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, एमाले दलका उपनेता नेम्वाङ र पमुख सचेतक गिरी, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, उपप्रधान तथा कांग्रेस उपसभापति पूर्णबहादुर खड्का, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन र उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ पनि सहभागी छन्।

 

प्रतिक्रिया दिनुहोस्