कक्षा १२ को नतिजा सार्वजनिक



काठमाडौँ।

राष्ट्रिय परीक्षा बोर्डले गत वैशाखमा सञ्चालन गरेको कक्षा १२ को परीक्षाको नतिजा सार्वजनिक गरेको छ । केहीबेर आगाडी बसेको  बोर्डको बैठकले नतिजा सार्वजनिक गरेको हो।

सार्वजनिक नतिजा अनुसार यो वर्ष ५०.०९ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । अर्थात उनीहरूले ग्रेडेड प्राप्त गरेका छन् । यो वर्षको परीक्षामा ४९.०९ प्रतिशत विद्यार्थीले नन ग्रेडेड (एनजी) आएको बोर्डका अध्यक्ष डा महाश्रम शर्माले जानकारी दिए ।

गत वैशाख २६ गतेदेखि जेठ ५ गते सम्पन्न परीक्षामा चार लाख ६७ हजार ३८९ विद्यार्थीले परीक्षा दिएका थिए । जसमा ५६ हजारभन्दा बढी विद्यार्थीले ग्रेड वृद्धिका लागि परीक्षा दिएका थिए ।

लेटर ग्रेडिङ निर्देशिका अनुसार प्रत्येक विषयको सैद्धान्तिकतर्फ न्यूनतम ३५ प्रतिशत अङ्क प्राप्त गरेमात्रै विद्यार्थीले ग्रेडसिट प्राप्त गर्ने व्यवस्था छ । लेटर ग्रेडिङ निर्देशिकामा संशोधन गरेर जुन विषयमा नन ग्रेडेड (एनजी) हुन्छ त्यही विषयमा मात्रै ग्रेड वृद्धि परीक्षा दिनुपर्ने व्यवस्था गरिएको छ ।

सोही आधारमा अब विद्यार्थीले जति विषयमा एनजी आएको छ त्यति विषयको मात्र ग्रेड वृद्धिको परीक्षा दिन पाउनेछन् । यसअघि दुईभन्दा बढी विषयमा एनजी आएमा अर्को वर्ष सबै विषयको परीक्षा दिनुपर्ने बाध्यता थियो ।

गत वर्ष उक्त निर्देशिका संशोधन गरेर जति विषयमा एनजी आएको छ त्यतिको मात्र परीक्षा दिनपाउने व्यवस्था गरेको थियो ।

 

 

प्रतिक्रिया दिनुहोस्