राष्ट्रिय सभाबाट विनियोजन विधेयक पारित



काठमाडौं ।

राष्ट्रिय सभाले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त विनियोजन विधेयक २०८० लाई पारित गरेको छ ।

बिहीबार बसेको राष्ट्रिय सभा बैठकले अर्थमन्त्री डा प्रकाशशरण महतले राखेको प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त विनियोजन विधेयक २०८० लाई पारित गरियोस् भन्ने प्रस्तावलाई बहुमतले पारित गरेको हो ।

उक्त विधेयक पारित गर्नुअघि राष्ट्रिय सभामा छलफल भएको थियो । छलफलका क्रममा उठेका प्रश्न र जिज्ञासाको जवाफ मन्त्री डा महतले दिएका थिए । यसपछि निर्णयार्थ प्रस्तुत गरिएको उक्त विधेयकलाई बैठकले बहुमतले पारित गरेको हो ।

प्रतिक्रिया दिनुहोस्