सट्टेबाजी प्रकरण : कलाकारहरुलाई धरौटीमा छोड्न अदालतको आदेश



काठमाडौं ।

काठमाडौं जिल्ला अदालतले वान एक्स प्रकरणमा पक्राउ परेका कलाकारहरुलाई धरौटीमा रिहा गर्ने आदेश दिएको छ । अदालतले बुधबार यस्तो आदेश दिएको हो । कलाकारहरु मरिचमान श्रेष्ठ (बल्छी ध्रुवे), राजु पौडेल (राजु मास्टर) , पवन खतिवडा (म्याकुरी)सहितका ८ जना कलाकारहरुलाई जनही पाँच हजार रुपैयाँ धरौटी माग गरिएको छ ।

त्यस्तै, अदालतले दिनेश खड्कासँग १० र अनिता धितालसँग ५ लाख रुपैयाँ धरौटी माग गरेको छ । कलाकारहरु बल्छी ध्रुवे, राजु मास्टरसहित बेगम नेपाली, एलिस राई, दिनेश खड्का, जलन घर्तीमगर, गणेश देवकोटा, अनिता धिताल, रोशन खतिवडा, सरोज घिमिरेविरुद्ध सट्टेबाजी गर्ने वेबसाइटको प्रचार गरेको आरोप लगाइएको थियो ।

प्रतिक्रिया दिनुहोस्