दाङका कार्यालय प्रमुखलाई एक्सन प्लानमा काम गर्न मुख्यमन्त्रीको निर्देशन



दाङ ।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली बहादुर चौधरीले कार्य योजनामार्फत विकासका काम गनुपर्ने बताएका छन् । प्रदेश सरकार अन्तगत दाङ जिल्लामा रहेका कार्यालय प्रमुखलाई कार्ययोजना बनाएर कार्य सम्पादन गर्ने निर्देशनसमेत दिएका छन् ।

दाङ जिल्लाका कार्यालय प्रमुखलाई निर्देशन दिँदै मुख्यमन्त्री चौधरीले जनताले प्रत्यक्षरुपमा अनुभूतिगर्ने गरि विकास निर्माणका काम गर्न र ती काम कार्यालयले कार्ययोजना बनाएर मात्र सञ्चालन गर्न आग्रह गरे ।विकास र समृद्धिका लार्गि एक्सन प्लान’ बनाएर काम गरौं,ु मुख्यमन्त्री चौधरीले भने, ुजसले परिणाम राम्रो र उत्कृष्ट दिन सकोस् ।

उनले काम गर्दा अलमल गर्ने, ढिला सुस्ती गर्ने काम बन्द गर्न र जनताको आबश्यता अनुसार त्यो पनि उत्पादन मुलक काममा ध्यान दिन निर्देशन गरे । बुधबार दाङको घोराहीमा भएको कार्यक्रममा मुख्यमन्त्री चौधरीले कार्यालयको कार्य सम्पादन प्रभावकारी बनाउन आग्रह समेत गरे । जनताको नजिकको सरकार जिल्लागत कार्यालयह भएको भन्दै त्यो अनुसारको सेवा प्रवाह र कार्यसम्पादन हुनु पर्ने उनले बताए ।

मुख्यमन्त्री चौधरीले कार्यालयमा क्षेत्रगत कामको विभाजन गरि कार्यसम्पादन गर्न र आबश्यक जनशक्तिलाई समेत त्यहि अनुसार व्यवस्थापन गर्न निर्देशन दिए । उनले हरेक योजना उत्पादन र रोजगारसंग जोड्नु पर्ने बताए ।

कार्यालय प्रमुखहरूले आर्थिक वर्ष २०७९/२०८०को प्रगति प्रतिवेदन र आर्थिक वर्ष २०८०/०८१ योजानाको विषयमा जानकारी गराएका थिए । उनीहरुले साना योजनाहर धेरै भएको हुदा कार्यान्वयनमा समेत समस्या रहेको र कार्यान्वयनका लागि प्राविधिक जनशक्ति सकेत कम रहेको बताएका थिए ।

उनीहरूले चालु आर्थिक वर्षमा सन्तोष जनक प्रगति रहेको जानकारी गराएका थिए । जिल्लामा पूर्वाधारका कामहरुको प्रगति ८० प्रतिसत माथि रहेको जानकराी गराइएको थियो । खानेपानीका केही पुराना योजना आर्थिक अभावका कारण पुरा हुन नसकेको जानकारी गराइएको थियो । भने कृषि र भेटेनरी कार्यालयका योजनाहरू रोगगारसंग जोडन सकिने बताइएको थियो ।

प्रतिक्रिया दिनुहोस्