ललिता निवास प्रकरण : समरजंग कम्पनीका सहलेखापाल पक्राउ



काठमाडौं ।

बालुबाटारस्थि ललिता निवास जग्गा प्रकरणमा समरजंग कम्पनीका तत्कालिन सहलेखापाल विनोद पौडेललाई पक्राउ गरेको हो ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले सहलेखापाल पौडेललाई काठमाडौंको चाबहिलबाट पक्राउ गरेको हो ।

ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा नामसारी गर्ने अनियमितता प्रकरणमा हाल सीआईबीले सरकारी कागजात किर्ते मुद्दामा अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्