सीता दाहालको श्रद्धाञ्जली सभा (फाेटाे फिचर )



काठमाडाैं ।

नेकपा माओवादी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी दिवंगत पत्नी सीता दाहालको पार्थीव शरीर पार्टी कार्यालय पेरिसडाँडा राखिएको छ । बुधबार बिहान थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारको क्रममा निधन भएकी ६९ वर्षीया सीताको पार्थीव शरीरलाई श्रद्धाञ्जलीका लागि दिउँसो १ बजेसम्म पार्टी केन्द्रीय कार्यालयमा  राखिनेछ ।

श्रद्धाञ्जली सभामा पूर्वप्रधानमन्त्री झलनाथ खनाल, पूर्वमन्त्रिपरिषद् अध्यक्ष खीलराज रेग्मीसहित विभिन्न राजनीति दलका नेता कार्यकर्ता, नेपालस्थित कूटनीतिक नियोगका प्रतिनिधिलगायतको सहभागिता रहेको छ । अहिले पनि श्रद्धाञ्जली सभा चलिरहेको छ । नर्भिक अस्पतालबाट दाहालको पार्थीव शरीरलाई पार्टी कार्यालय लगिएको हो । दिउँसो १ बजेसम्म पार्थीव शरीर पार्टी कार्यालयमा श्रद्धाञ्जलीका लागि राखिने र त्यसपछि दिउँसो २ बजे पशुपति आर्यघाटमा अन्त्येष्टि गरिनेछ ।

हृदयघात भएपछि बुधबार बिहान ८ बजे नर्भिक अस्पतालमा लगिएको सीताको उपचारकै क्रममा ८ बजेर ३३ मिनेट जाँदा निधन भएको प्रधानमन्त्री प्रचण्डका निजी चिकित्सक प्राध्यापक डा. युवराज शर्माले जानकारी दिए ।  लामो समयदेखि वंशाणुगत पार्किन्सनजस्तो देखिने रोगबाट पीडित सीताको अमेरिका, भारतको मुम्बई र सिंगापुरमा उपचार गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्